कञ्चनपुर। कोभिड-१९ उपचारका लागि महाकाली अस्पतालमा बनाइएको १० शय्याको आइसाेलेसन कक्ष बिरामीले भरिएकाे छ।

बिरामीको बढ्दो चापलाई मध्यनजर गर्दै महाकाली अस्पतालबाहिर उपचारकाे तयारी शुरू गरिएको छ। अस्पतालमा सबै बिरामीको उपचार गर्न नसकिने भएकाले अस्पताल बाहिर वैकल्पिक व्यवस्था गर्न लागिएको हो।

जिल्ला प्रशासन कार्यालय र भीमदत्त नगरपालिकाले महाकाली अस्पतालको नेतृत्वमा निजी क्षेत्रका अस्पतालमा कोरोना संक्रमितको उपचार गर्ने तयारी अघि बढाएका हुन्।

त्यसका लागि जिल्ला प्रशासन, भीमदत्त नगरपालिका र महाकाली अस्पतालले महेन्द्रनगर बजारमा रहेको सेफर हस्पिटललाई कोरोना अस्पताल बनाउन सहमति गरेका छन्।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा बसेको बैठकले सेफर अस्पतालको भौतिक र जनशक्ति व्यवस्थापन अध्ययनका लागि तीन सदस्यीय कार्यदल गठन गरेको छ।

कार्यदलमा महाकाली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. हरिकुमार श्रेष्ठ, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनार र भीमदत्त नगरपालिका आधारभूत स्वास्थ्य तथा सरसफाइ उप-शाखा प्रमुख नरेन्द्रराज जोशी छन्।

कोरोना संक्रमितको संख्या बढ्न थालेपछि अस्पतालमा सबै बिरामीको उपचार गर्न नसकिने भएकाले विकल्पका रूपमा सेफरलाई कोरोना अस्पतालका रूपमा सञ्चालन गर्न लागिएको नगर प्रमुख विष्टले जानकारी दिए।

"अहिले दैनिकरूपमा संक्रमितको संख्या बढ्दै गएको छ। भोलि बिरामीले अस्पताल भरिन सक्छ। त्यो बेला अस्पतालको स्रोतसाधन, जनशक्तिले सबै बिरामीको उपचार गर्न सक्ने अवस्था हुँदैन", उनले भने, "त्यसकारण अस्पताल बाहिर पनि उपचारका लागि तयारी गरिएको छ।"

नगर प्रमुख विष्टले कञ्चनपुर जिल्ला र भारतबाट घर फर्किने जिल्लाबाहिरका बिरामीलाई समेत मध्यनजर गरी कोरोना अस्पताल सञ्चालनको तयारी शुरू गरिएको बताए।

भीमदत्त नगरपालिकाले सीएमए अनमी तालिम केन्द्र (आइसीएच) लाई कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन बनाउने तयारी गरेकाे छ। यसअघि नगरपालिकाले आइसीएचमा १०० बेडको क्वारेन्टाइन बनाइएको थियो।

कोरोना अस्पतालमा महाकाली अस्पतालको नेतृत्वमा अस्पतालसहित सेफर हस्पिटल, जिल्ला स्वास्थ्य कार्यालय र भीमदत्त नगरपालिकाका स्वास्थ्य जनशक्ति परिचालन गरिनेछ।

त्यसबाहेक अपुग जनशक्ति स्वास्थ्य शिक्षण संस्थाबाट ल्याउने विषयमा समेत छलफल भइरहेको छ। सेफरमा अहिले शल्यक्रिया कक्ष, फार्मेसी कक्षसहित ५५ शय्या छन्। सेफर हस्पिटलले भने १५-२० शैय्या थप्न सकिने जनाएको छ।

सेफर हस्पिटलले अहिले मासिक एक लाख ६ हजार रूपैयाँ भाडा तिर्दै आएको छ। त्यही भाडा तिरेर केही समयका लागि सेफरलाई कोरोना अस्पताल बनाउन लागिएको हो।

अस्पताल सञ्चालनका लागि आवश्यक पर्ने खर्च भीमदत्त नगरपालिका, महाकाली अस्पताल र जिल्ला प्रशासन कार्यालय गरी तीनै निकायले बेहोर्ने गरी तयारी भइरहेको हो।

" /> कञ्चनपुर। कोभिड-१९ उपचारका लागि महाकाली अस्पतालमा बनाइएको १० शय्याको आइसाेलेसन कक्ष बिरामीले भरिएकाे छ।

"> महाकाली अस्पतालकाे आइसाेलेसन कक्ष भरियो, सेफरलाई कोरोना अस्पताल बनाउने तयारी: Dekhapadhi
महाकाली अस्पतालकाे आइसाेलेसन कक्ष भरियो, सेफरलाई कोरोना अस्पताल बनाउने तयारी

प्रतिक्रिया दिनुहोस्