कैलाली। बैतडीको थुनुवा कक्षमा रहेको बेला कोरोना संक्रमित भएका युवा १३ दिनमा कोरोनामुक्त भएका छन्।
उनी कर्तव ज्यान मुद्दामा बैतडी प्रहरीको हिरासतमा थिए।
९ जेठमा कोरोना संक्रमण पुष्टि भएका शिवनाथ गाउँपालिका-२ का २२ वर्षीय युवकलाई आज डिस्चार्ज गरिएको हो।
धनगढी प्रयोगशालामा पछिल्लोपटक हिजो र आज गरिएको उनको कोभिड-१९ परीक्षणको रिपोर्ट नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले बताए।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक किसन चन्दले अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएकाले उनलाई कारागार पठाइएको बताए।
" /> कैलाली। बैतडीको थुनुवा कक्षमा रहेको बेला कोरोना संक्रमित भएका युवा १३ दिनमा कोरोनामुक्त भएका छन्।उनी कर्तव ज्यान मुद्दामा बैतडी प्रहरीको हिरासतमा थिए।

">