भारतमा कोरोना संक्रमित दुई लाख नाघे
नयाँदिल्ली। भारतमा कोभिड-१९ का बिरामी दुई लाख नाघेका छन्।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार नौ सय नौ जना नयाँ संक्रमित थपिएका छन्।

त्यससँगै भारतमा संक्रमित संख्या दुई लाख सात हजार ६ सय १५ पुगेको छ।

अमेरिका, ब्राजिल, बेलायतसहित कोभिड-१९ बाट सबैभन्दा बढी प्रभावित छैटौं मुलुक बनेको छ, भारत।

तै पनि भारत संक्रमणको सबैभन्दा खराब अवस्थाबाट धेरै टाढा रहेको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चकी डा. निवेदिता गुप्ताले समाचार एजेन्सी रोयटर्ससँग बताइन्।

जुन अन्तिमदेखि जुलाई पहिलो सातादेखि संक्रमित घट्दै जाने अपेक्षा सरकारी अधिकारीहरूमा देखिन्छ। कोभिड-१९ बाट भारतमा हालसम्म पाँच हजार आठ सय १५ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्