विश्व शान्तिको कामना गर्दै मच्छिन्द्रनाथमा १०८ दीप प्रज्वलन
<p>ललितपुर। विश्‍व शान्तिको कामना गर्दै ललितपुरस्थित मच्छिन्द्रनाथको मन्दिरमा दीप प्रज्वलन गरिएको छ।</p>
<p>न्यकू जात्रा मतया व्यवस्था केन्द्रीय समितिले सहकालका देव मच्छिन्द्रनाथको मन्दिरमा १०८ दीप प्रज्वलन गरी विश्‍व शान्तिको कामना गरेको हो।</p>
<p>समितिका अध्यक्ष आशारत्न शाक्यले कोभिड–१९ महामारी नियन्त्रणको लागिसमेत प्रार्थना गरिएको बताए।</p>
<p>समितितिका सबै पदाधिकारीहरू उपस्थित भई मच्छिन्द्रनाथको मन्दिरमा विशेष पूजाआजा समेत गरेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्
