बलात्कार अभियोगमा बाबु पक्राउ <p>कैलाली। छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बाबुलाई पक्राउ गरेको छ।</p> <p>चुरे गाउँपालिका ५ का ४५ वर्षीय बाबुलाई १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय फल्टुडेको टोलीले पक्राउ गरेको हो।</p> <p>१७ जेठमा प्रहरीमा उजुरी परेको थाहा पाएपछि फरार रहेका बाबुलाई हिजो साँझ कैलालीकै सहजपुर जंगलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।&nbsp;</p> <p>छोरीले दिएको उजुरीमा आफूलाई आफ्नै बाबुले पटक-पटक बलात्कार गरेको र कसैलाई भने ज्यान लिने धम्की दिएको उल्लेख छ।</p>
प्रतिक्रिया दिनुहोस्