धारिलो हतियार प्रहार गरी कपिलवस्तुमा एकको हत्या
कपिलवस्तु। कपिलवस्तु नगरपालिका-९ हरनामपुरमा गएराति एक व्यक्तिको हत्या भएको छ।

हरनामपुरका अन्दाजी ४५ वर्षीय श्यामनारायण तिवारीको धारिलो हतियार प्रहार गरी हत्या भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक आयुषप्रसाद जोशीले बताए।

हत्या अरोपमा प्रहरीले हरनामपुरका २८ वर्षीय रामलौटन चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरू जोशीले जानकारी दिए।

मदिरा सेवन गरेको अवस्थामा समान्य विवाद हुँदा चौधरीले तिवारीमाथि हातियार प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुमान छ।

मृतक तिवारीको बायाँ आँखा किनारमा चोट देखिएको र घाँटीमा काटिएको अवस्थामा घर नजिकैको बारीमा शव फेला परेको थियो।

शवको मुचुल्का उठाइ पोष्टमार्टम गर्न जिल्ला अस्पताल लैजाने तयारी भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्