कोरोना सर्ने भन्दै स्वास्थ्यकर्मीमाथि कुटपिट
डोटी। शिखर नगरपालिका-९ दानकोट स्वास्थ्यचौकीमा कार्यरत अहेब रमेश कुँवरमाथि तीनजनाको समूहले आक्रमण गरी गम्भीर घाइते बनाएको छ।
बाटो हिँड्ने क्रममा कोरोना संक्रमण फैलिने भन्दै मदिरा सेवन गरेका ती युवाहरूले गालीगलौज गर्दै ढुंगा प्रहार गरी घाइते बनाएको प्रहरीले बताएको छ।
स्वास्थ्य सामग्री लिएर दानकोट स्वास्थ्यचौकी जाँदै गरेका कुवँरमाथि उनीहरूले आक्रमण गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी इन्सपेक्टर कर्ण बोहराका अनुसार स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने शिखर नगरपालिका-७ का नवीन खत्री, रोशन खत्री र तेज लुहारलाई पक्राउ गरिएको छ। उनीहरूमाथि अनुसन्धान गरिएको बोहराले बताए।
अहेब कुँवरलाई उपचारका लागि डडेलधुरा अस्पताल पठाइएको र त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौंस्थित ट्रमा सेन्टर लगिएको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिश शाहले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्