डडेल्धुरामा क्‍वारेन्टाइनमा बसेकी एक महिलाको मृत्यु, कोभिड-१९ परीक्षण गरिँदै
कैलाली। डडेल्धुरामा क्वारेन्टाइनमा बसेकी एक महिलाको गएराति मृत्यु भएको छ।

गन्यापधुरा गाउँपालिका-१ असिग्राममा रहेको आधारभूत विद्यालय रौनाकोटको क्वारेन्टाइनमा बसेकी ३० वर्षीया महिलाको मृत्यु भएको डडेल्धुरा प्रहरीले जानकारी दिएको छ।

ती महिला श्रीमान् र छोरा सहित चार दिनअघि भारतबाट आएका थिए।

उनीहरू धनगढीको त्रिनगर भन्सारनाका भएर आएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले देखापढीलाई बताए।

मृतक महिलाको कोभिड-१९ परीक्षण गर्न स्वाब संकलन गर्न स्वास्थ्यकर्मी टोली पुगिसकेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्