कोभिड-१९ को दोस्रो तरंग रोक्न ‘ट्राभलर क्वारेन्टाइन’ लागू गर्दै बेलायत

लन्डन। बेलायतले कोभिड-१९ को दोस्रो तरंग रोक्न ‘ट्राभलर क्‍वारेन्टाइन’ लागू गर्ने भएको छ।

क्‍वारेन्टाइनको अवधि १४ दिनको हुनेछ। ८ जुनदेखि लागू हुने उक्त नियम कोरोना भाइरस संक्रमणको दोस्रो तरंग रोक्न प्रभावकारी हुने सरकारको आकलन छ।

गृहमन्त्री प्रिती पटेल र यातायात मन्त्री ग्रान्ट साप्सले उक्त योजनाको पुष्‍टि गरे।

एअरलाइन्सहरू, व्यावसायिक समूह र सत्तारुढ कन्जरभेटिभ पार्टीकै नेताहरूको विरोधका बावजुद सरकारले क्‍वारेन्टाइनको नियममा कडाइ गर्न लागेको हो।

‘डेली टेलिग्राफ’का अनुसार यात्रामा निस्किनेहरूले आफ्नो यात्राबारे विस्तृत विवरण र सम्पर्क सूचना अनिवार्य दिनुपर्नेछ। कसैले यो नियम उल्लंघन गरेको पाइएमा तत्काल कारवाही हुने मन्त्रीद्वयले बताए।

उनीहरूका अनुसार हालसम्म यात्रामा निस्किनेहरूले धेरै गलत सूचना दिने गरेको पाइएको छ।

बेलायती नागरिकसहित बेलायत आउने सबै विदेशीले १४ दिन अनिवार्य क्‍वारेन्टाइनमा बिताउनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्