दुई लाख घुस लिएको आरोपमा दुई सहायक वन अधिकृत पक्राउ
<p>ताप्लेजुङ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई लाख घुस लिएको आरोपमा ताप्लेजुङका दुई सहायक वन अधिकृतलाई पक्राउ गरेको छ।</p>
<p>डिभिजन वन कार्यालय ताप्लेजुङका सहायक वन अधिकृतद्वय वीरेन्द्र शाह र जीवनकुमार यादवलाई हिजो, २० जेठ साँझ पक्राउ गरिएको हो ।</p>
<p>उनीहरूले सेतक चिनीको छोडपूर्जी बनाएवापत सेवाग्राहीसँग घुस माग्ने गरेको सूचना पुगे अनुसार आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट एकएक लाख घुस लिएको अभियोगमा नियन्त्रणमा लिइएको आयोगको कार्यालय इटहरीका प्रमुख चक्रबहादुर बुढाले बताए।</p>
<p>नियन्त्रणमा लिइएका दुवै जनालाई थप अनुसन्धानका लागि काठमाडौँ पठाइने बताइएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्
