बर्दाघाट सुस्तापूर्वका १६ वर्षीय बालकमा कोरोना संक्रमण <p>काठमाडौं। नवलपरासी (बर्दघाट सुस्तापूर्व) का १६ वर्षीय एक बालकलाई कोरोना संक्रमण पुष्&zwj;टि भएको छ।</p> <p>गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार बर्दाघाट सुस्तापूर्व बुलिङटार गाउँपालिका घर भई कपिलवस्&zwj;तु बाडगंगा नगरपालिकास्थित शिद्धार्थ क्याम्पसको क्वारेन्टाइनमा रहेका ती बालकलाई कोभिड-१९ पुष्&zwj;टि भएको हो।</p> <p>उनलाई उपचारका लागि अहिले चिनवनको भरतपुर उपमहानगरपालिकास्थित कोरोना अस्पताल लगिसकिएको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।</p> <p>यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३८ पुगेको छ।</p>
प्रतिक्रिया दिनुहोस्