पूर्वराष्ट्रपति बुस पनि राष्ट्रपति ट्रम्पको कार्यशैलीको विरोधमा
<p>वासिङ्टन। प्रहरीको अत्यधिक बल प्रयोगबाट अश्वेत युवक जर्ज फ्लोयडको मृत्युपछिका घटनाक्रममा गरेको ‘रेस्पोन्स’प्रति अमेरिकाका पूर्वराष्‍ट्रपति जर्ज डब्लु बुसले राष्‍ट्रपति डोनाल्ड ट्रम्पप्रति आक्रोस व्यक्त गरेका छन्।</p>
<p>पत्‍नी लाउरा बुस र आफू जर्ज फ्लोयडको क्रुर हत्याबाट अत्यन्तै दुःखी भएको उल्लेख गर्दै पूर्वराष्‍ट्रपति बुसले आफ्नै देशमा नागरिकले भोग्‍नु परिरहेको अन्याय र भयबाट निस्सासिनुपर्ने अवस्थाका कारण विचलित बनेको उल्लेख गरेका छन्।</p>
<p>राष्‍ट्रपति ट्रम्पको नाम नलिइकनै बुसले अफ्रिकन अमेरिकन प्रदर्शनकारीहरूमाथि भइरहेको बर्बरतालाई राज्य संयन्त्रको ‘आश्‍चर्य विफलता’को संज्ञा दिएका छन्।</p>
<p>“जब कानुनद्वारा संरक्षित जनता आफ्नै राम्रो भविष्‍यका लागि प्रदर्शनमा उत्रिन्छन्, त्यो एक ताकत बन्‍न पुग्छ,” बुसले भनेका छन्, “जो मानिस उनीहरूलाई चुप लगाउन लागिपर्छन्, उनीहरूले अमेरिकाको अर्थ नै बुझ्दैनन्। अमेरिका कसरी बस्‍नयोग्य देश रहनेछ ?”</p>
प्रतिक्रिया दिनुहोस्
