कैलाली। सुदूरपश्चिम प्रदेशको एकमात्र कोभिड-१९ डेडिकेट अस्पतालमा आइसोलेसन वार्डको अभाव हुँदा कोरोना संक्रमितको मन्दिरमा बास भएको छ।
सेती प्रादेशिक अस्पतालले कोरोना संक्रमितहरूलाई आइसोलेसन वार्डमा बेडको अभाव भएको भन्दै भर्ना नगरी फिर्ता पठाएपछि उनीहरू मन्दिरमा बस्न बाध्य भएका हुन्।
२४ शय्याको आइसोलेसन वार्ड भरिभराउ भएको र अन्यलाई राख्ने ठाउँ नभएको भन्दै सेती प्रादेशिक अस्पतालले पाँचजना कोरोना संक्रमितलाई भर्ना नगरी फिर्ता पठाएको छ।
हिजो, २० जेठमा कोरोना पुष्टि भएका गौरीगंगा नगरपालिकाको कालिका मावि क्वारेन्टाइनमा रहेका १९, २०, २४, २८ र ३२ वर्षीय पुरुषलाई अस्पतालले भर्ना नगरी फिर्ता पठाएको नगरपालिकाका मेयर भीमवहादुर देउवाले देखापढीलाई बताए।
उनले दुई जनामा ज्वरो आउने, खोकी लाग्ने र बान्ता गर्नेजस्ता स्वास्थ्य समस्या देखिएको जानकारी दिए।
सेती प्रादेशिक अस्पतालले भर्ना नगरेपछि संक्रमितलाई वडा नम्वर ४ को एउटा मन्दिरको हलमा राखिएको मेयर देउवाले बताए।
सेती प्रादेशिक अस्पतालका प्रमुख मेसु डाक्टर हेमराज पाण्डेयले २४ शय्याको आइसोलेसनमा पहिले नै २७ जना संक्रमितलाई राखिएकोले तत्काल थप संक्रमित राख्न नसकिएको बताएका छन्।
प्रदेशले निर्माण गरेको आइसोलेसन भवनमा उपकरण थप्ने काम जारी रहेकाले उक्त भवन प्रयोगमा ल्याउन नसकिएको पाण्डेयले बताए।
" /> कैलाली। सुदूरपश्चिम प्रदेशको एकमात्र कोभिड-१९ डेडिकेट अस्पतालमा आइसोलेसन वार्डको अभाव हुँदा कोरोना संक्रमितको मन्दिरमा बास भएको छ।सेती प्रादेशिक अस्पतालले कोरोना संक्रमितहरूलाई आइसोलेसन वार्डमा बेडको अभाव भएको भन्दै भर्ना नगरी फिर्ता पठाएपछि उनीहरू मन्दिरमा बस्न बाध्य भएका हुन्।

">