विमानस्थलमा कोभिड-१९, हाउजिङमा लकडाउन
<p>क्‍वालालम्पुर। मलेसिया सरकारले क्‍वालालम्पुर अन्तर्राष्‍ट्रिय विमानस्थलमा कोभिड-१९ का बिरामी फेला परेपछि नजिककै दुईवटा हाउजिङमा लकडाउन गरेको छ।</p>
<p>अनलाइन न्युज पोर्टल ‘मलेसियाकिनी’का अनुसार विमानस्थलमा बिरामी भेटिएपछि नजिकका दुई वटा ठूला हाउजिङ क्षेत्रमा लकडाउन लागू गरिएको हो।</p>
<p>क्‍वालालम्पुर अन्तर्राष्‍ट्रिय विमानस्थलमा काम गर्ने २८ जना सरसफाइ कर्मचारीमा कोभिड-१९ पोजिटिभ पाइएको छ। त्यसको सम्बन्ध हाउजिङ क्षेत्रमा रहेको शंकामा अधिकारीहरूले कडा लकडाउन लागू गराएका हुन्। </p>
<p>दुवै हाउजिङ क्षेत्रलाई रेजर वायरले घेरिएको छ। र, स्वास्थ्यकर्मीहरूले हाउजिङमा बसोबास गर्ने सबैको परीक्षण गरिरहेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्
