मौसम पूर्वानुमान : आज देशका यी ठाउँमा पानी पर्ने <p>काठमाडौं। आज प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्&zwj;चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।</p> <p>अहिले नेपालको मौसममा अरब सागरको चक्रवातको आंशिक प्रभाव परेको छ।</p> <p>यसको असरले २२ देखि २४ जेठ तीन दिनसम्म केही स्थानमा पानी पर्ने र हिमपातसम्म गराउनसक्ने मौसमविद्हरूले बताएका छन्।</p> <p>हाल प्रदेश १ को मौसममा सामान्य बदली रहेको तथा अन्य प्रदेशको मौसम आंशिक प्रभावित भएको महाशाखाले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्