गण्डकी प्रदेशमा कोरोना संक्रमित ३७ पुगे

काठमाडौं। गण्डकी प्रदेशमा अहिलेसम्म ३७ जनामा कोभिड-१९ पुष्‍टि भएको छ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार तीमध्ये ३ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्।

अहिलेसम्म यस प्रदेशमा पीसीआर प्रविधिबाट परीक्षण गर्न तीन हजार ९६३ जनाको थ्रोट स्वाब नमूना संकलन गर्न बाँकी छ।

त्यसमध्ये ५५८ जनाको नतिजा आउन बाँकी रहेको निर्देशनालयले जनाएको छ।

हालसम्म आरडीटी परीक्षण गरिएकाको संख्या नौ हजार ७३५ छ।

प्रतिक्रिया दिनुहोस्