कोभिड-१९ का कारण पाकिस्तानका प्रान्तीय मन्त्रीको निधन
काठमाडौं। कोरोना भाइरस संक्रमणबाट पाकिस्तानको सिन्ध प्रान्तका मानव व्यवस्थापन मन्त्री गुलाम मुर्तजा बालोचको आज निधन भएको छ। कराचीको एक नीजि अस्पतालको शघन उपचार केन्द्र (आईसीयु) मा उपचार हुँदाहुँदै उनको निधन भएको हो।

१४ मेमा बालोचलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। उनले ट्वीटरबाट आफूलाई संक्रमण भएको पुष्टि भएको थियो। २३ मेमा उनको स्वास्थ्य जटिल हुँदै गएपछि आइसियुमा सारिएको थियो।

मन्त्री बालोचको निधन भएको सिन्ध प्रान्तका मुख्यमन्त्री मुराद अलि शाहले पुष्टि गर्दै उनीप्रति श्रद्धाञ्जली दिएका छन्। एक वक्तव्य जारी गर्दै शाहले भनेका छन्, ‘कोरोना भाइरस संक्रमणको कारण बालोचको निधन भयो। उनी हाम्रो सरकारको बहादुर र प्रतिबद्ध सदस्य थिए। उनको स्थान पूर्ति हुन गाह्रो छ।”

सिन्ध सरकारका प्रवक्ता मुर्तजा वहाबले ट्वीट गर्दै उनीप्रति समवेदना व्यक्त गरेका छन्।

‘सिन्ध मन्त्रीपरिषद्का हाम्रा साथी हाजी गुलाम मुर्तजा बालोचको आज निधन भएको छ। उनी कोभिड-१९ बाट संक्रमित थिए। उनी इमान्दार राजनीतिक कार्यकर्ता र विनम्र व्यक्ति थिए’ - उनले ट्वीट गरेका छन्।

पाकिस्तानमा अहिलेसम्म ७८ हजार १२८ जनामा संक्रमण पुष्टि भएको छ जसमध्ये एक हजार ६५० जनाको निधन भएको छ भने २७ हजार ११० जना संक्रमणमुक्त भएका छन्। पाकिस्तानका चार प्रान्तमध्ये सबैभन्दा बढी संक्रमित सिन्धमा छन् जहाँ ३१ हजार ८६ जना संक्रमित छन्।  - द डाउनबाट

प्रतिक्रिया दिनुहोस्