जुम्लामा बढाइयाे निषेधाज्ञा अवधि <p>काठमाडौं। जुम्लामा निषेधाज्ञा अवधि लम्ब्याइएको छ।</p> <p>आज जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै २१ जेठ बिहान ९ बजेदेखि २३ जेठ राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो।</p> <p>१० जेठमा जुम्लाका प्रमुख जिल्ला अधिकारीले २० जेठ राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेका थिए।</p> <p>निषेधाज्ञाका बेला अत्यावश्यकबाहेक कुनै पनि व्यक्ति घरबाट निस्कन नपाइने स्थानीय प्रशासनले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्