काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले गर्भवती र सुत्केरीबारे आवश्यक व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई परिपत्र गरेको छ।

कोरोना महामारी तथा लकडाउनका कारण गर्भवती तथा सुत्केरी समस्यामा परेको भन्दै आवश्यक व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयलाई परिपत्र गरिएको हो।

बन्दाबन्दीको समयमा गर्भवती तथा सुत्केरीलाई अस्पताल वा स्वास्थ्य संस्थाले कोरोनाको कारण देखाउँदा सेवा प्रवाह नगर्ने गरेको तथा बन्दाबन्दीको कारणले गर्भवती तथा सुत्केरीको मृत्युदर अस्वभाविकरूपमा बढ्ने भन्दै त्यसका लागि आवश्यक व्यवस्था मिलाउन अनुरोध गरिएको हो।

लकडाउनका कारण महिलाले परिवार नियोजनको अस्थायी साधनको सेवामा समेत वञ्चित भएको भन्ने गुनासो तथा तथ्यहरू प्राप्त भइरहेको भन्दै मौलिक हकको रूपमा रहेको सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यजस्तो संवेदनशील विषयलाई उच्च प्राथमिकतामा राखी आवश्यक व्यवस्था मिलाइदिन अनुरोध गरिएको हो।

सहसचिव मनमाया भट्टराई पंगेनीद्वारा गरिएको परिपत्रमा अस्पताल वा स्वास्थ्य संस्थामा सुत्केरी हुन आएका गर्भवतीलाई प्राथमिकतामा राखी तत्काल सुत्केरी गराउने व्यवस्था गर्न भनिएको छ।

सुत्केरी भइसकेपछि पनि जोखिममा रहेका महिलाहरूको तत्काल उपचार गर्ने व्यवस्था मिलाउने र सुरक्षित मातृत्वको लागि नियमितरूपमा प्रदान गर्नुपर्ने सेवालाई निरन्तरता दिनसमेत अनुरोध गरिएको छ।

त्यस्तै गर्भवतीको नियमित स्वास्थ्य जाँच, खोप सेवा, आइरन चक्की वितरणलगायतका सेवाहरू सम्बन्धित स्थानीय स्वास्थ्य संस्थामा समेत नियमितरूपमा उपलब्ध गराउन भनिएको छ।

गर्भवती तथा सुत्केरीलाई तत्काल स्वास्थ्य संस्थासम्म सहज पहुँचका लागि विशेष सुविधासहितको एम्बुलेन्स सेवा तयारी अवस्थामा राखी तत्काल उद्धार गर्ने व्यवस्था मिलाउने, आइसोलेसन र क्वारेन्टाइनमा बसेका गर्भवती तथा सत्केरी महिलालाई विशिष्टिकृत आवश्यक सेवा उपलब्ध गराउने, परिवार नियोजनका साधन स्थानीय स्वास्थ्य संस्थाबाट नियमितरूपमा उपलब्ध गराउन परिपत्रमा भनिएको छ।

त्यस्तै बालबालिकालाई प्रदान गरिने खोपहरू नियमितरूपमा उपलब्ध गराउने र बन्दाबन्दीको अवधिमा पनि गर्भवती, सुत्केरी तथा बालबालिकाको स्वास्थ्य सेवामा स्वास्थ्य संस्था तयारी अवस्थामा रहेको र सेवा निरन्तर रहेको सचेतनामूलक सन्देश आमसंचार माध्यमबाट प्रचारप्रसार गर्ने व्यवस्था मिलाउन अनुरोध गरिएको छ।

" /> काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले गर्भवती र सुत्केरीबारे आवश्यक व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई परिपत्र गरेको छ।

"> गर्भवती र सुत्केरीकाे स्वास्थ्य जाँचबारे आवश्यक व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयलाई परिपत्र: Dekhapadhi
गर्भवती र सुत्केरीकाे स्वास्थ्य जाँचबारे आवश्यक व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयलाई परिपत्र
काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले गर्भवती र सुत्केरीबारे आवश्यक व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई परिपत्र गरेको छ।

कोरोना महामारी तथा लकडाउनका कारण गर्भवती तथा सुत्केरी समस्यामा परेको भन्दै आवश्यक व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयलाई परिपत्र गरिएको हो।

बन्दाबन्दीको समयमा गर्भवती तथा सुत्केरीलाई अस्पताल वा स्वास्थ्य संस्थाले कोरोनाको कारण देखाउँदा सेवा प्रवाह नगर्ने गरेको तथा बन्दाबन्दीको कारणले गर्भवती तथा सुत्केरीको मृत्युदर अस्वभाविकरूपमा बढ्ने भन्दै त्यसका लागि आवश्यक व्यवस्था मिलाउन अनुरोध गरिएको हो।

लकडाउनका कारण महिलाले परिवार नियोजनको अस्थायी साधनको सेवामा समेत वञ्चित भएको भन्ने गुनासो तथा तथ्यहरू प्राप्त भइरहेको भन्दै मौलिक हकको रूपमा रहेको सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यजस्तो संवेदनशील विषयलाई उच्च प्राथमिकतामा राखी आवश्यक व्यवस्था मिलाइदिन अनुरोध गरिएको हो।

सहसचिव मनमाया भट्टराई पंगेनीद्वारा गरिएको परिपत्रमा अस्पताल वा स्वास्थ्य संस्थामा सुत्केरी हुन आएका गर्भवतीलाई प्राथमिकतामा राखी तत्काल सुत्केरी गराउने व्यवस्था गर्न भनिएको छ।

सुत्केरी भइसकेपछि पनि जोखिममा रहेका महिलाहरूको तत्काल उपचार गर्ने व्यवस्था मिलाउने र सुरक्षित मातृत्वको लागि नियमितरूपमा प्रदान गर्नुपर्ने सेवालाई निरन्तरता दिनसमेत अनुरोध गरिएको छ।

त्यस्तै गर्भवतीको नियमित स्वास्थ्य जाँच, खोप सेवा, आइरन चक्की वितरणलगायतका सेवाहरू सम्बन्धित स्थानीय स्वास्थ्य संस्थामा समेत नियमितरूपमा उपलब्ध गराउन भनिएको छ।

गर्भवती तथा सुत्केरीलाई तत्काल स्वास्थ्य संस्थासम्म सहज पहुँचका लागि विशेष सुविधासहितको एम्बुलेन्स सेवा तयारी अवस्थामा राखी तत्काल उद्धार गर्ने व्यवस्था मिलाउने, आइसोलेसन र क्वारेन्टाइनमा बसेका गर्भवती तथा सत्केरी महिलालाई विशिष्टिकृत आवश्यक सेवा उपलब्ध गराउने, परिवार नियोजनका साधन स्थानीय स्वास्थ्य संस्थाबाट नियमितरूपमा उपलब्ध गराउन परिपत्रमा भनिएको छ।

त्यस्तै बालबालिकालाई प्रदान गरिने खोपहरू नियमितरूपमा उपलब्ध गराउने र बन्दाबन्दीको अवधिमा पनि गर्भवती, सुत्केरी तथा बालबालिकाको स्वास्थ्य सेवामा स्वास्थ्य संस्था तयारी अवस्थामा रहेको र सेवा निरन्तर रहेको सचेतनामूलक सन्देश आमसंचार माध्यमबाट प्रचारप्रसार गर्ने व्यवस्था मिलाउन अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्