सुदूरपश्चिममा पहिलोपटक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि
<p>कैलाली। सुदूरपश्चिममा पहिलोपटक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ।</p>
<p>आज धनगढी प्रयोगशालामा नयाँ पुष्टि भएका १८ जना संक्रमितमध्ये एकजना स्वास्थ्यकर्मी रहेको खुलेको छ।</p>
<p>कञ्चनपुरको पुनर्वासमा आज सातजनामा संक्रमण पुष्टि भएको थियो, जसमा ३६ वर्षीय स्वास्थ्यकर्मी हुन्।</p>
<p>उनले भारतबाट आएका नेपालीहरूको स्वाब संकलन कार्य गर्दै आएका थिए। उनलाई कोरोना संक्रमण पुष्टि भएपछि पुनर्वासमा रहेको मेडिकलसमेत सिल गरिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
