काठमाडौं। जलेर घाइते भई कीर्तिपुर अस्पतालमा उपचार गरिरहेका काभ्रेको बनेपाका दुईजना युवकको मृत्यु भएको छ।
महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रमुख, डीएसपी छेदिलाल कामतीले उनीहरूको आज बिहान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए।
वृत्त अनुसार मृत्यु हुनेमा बनेपा नगरपालिका-७ का १६ वर्षीय अनिल ठकुरी र २८ वर्षीय रुकेश ठकुरी रहेका छन्।
उनीहरू एकै परिवारका सदस्य हुन्।
१६ जेठमा घरको भान्सामा ग्यास सिलिण्डर ‘लिक’ भएर आगो लागेको थियो। उक्त आगलागीमा परिवारका पाँचजना सदस्य जलेर घाइते भएका थिए।
उनीहरूलाई त्यसैदिन उपचारका लागि कीर्तिपुर अस्पताल पुर्याइएको थियो।
बाँकी तीनजनाको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
मृतकको शव पोष्टमार्टमका लागि पठाइएको छ।
" /> काठमाडौं। जलेर घाइते भई कीर्तिपुर अस्पतालमा उपचार गरिरहेका काभ्रेको बनेपाका दुईजना युवकको मृत्यु भएको छ।महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रमुख, डीएसपी छेदिलाल कामतीले उनीहरूको आज बिहान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए।

">