प्रदेश ५ मा थपिए ५४ जना कोरोना संक्रमित
<p style="text-align: justify;">काठमाडौं। प्रदेश ५ मा अहिले बेलुकी थप ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।</p>
<p style="text-align: justify;">प्रदेश जनस्वास्थ्य प्रयोगशाला रूपन्देहीमा गरिएको नमूना परीक्षणमा ५४ नयाँ संक्रमित पुष्टि भएको प्रयोगशालाका प्रमुख डा. राजेन्द्र गिरीले बताए।</p>
<p style="text-align: justify;">उनका अनुसार कपिलवस्तुमा ३२ र रूपन्देहीमा २२ वटा नयाँ संक्रमण पुष्टि भएको हो।</p>
<p style="text-align: justify;">योसहित प्रदेश ५ मा संक्रमितको संख्या ७५३ पुगेको छ। देशैभर अहिले थपिएका संक्रमितसमेत गरेर २ हजार १५३ पुगेको छ।</p>