धनगढीकाे क्वारेन्टाइनमा रहेका व्यक्तिहरूलाई दिइयाे स्वास्थ्य सामग्री <p>कैलाली। कञ्चनपुरको पुनर्वास नगरपालिका-५, भानुवस्तीमा रहेको न्यू गणेश इँटा उद्योगका सञ्चालक दीप ऎरले क्वारेन्टाइनमा रहेका व्यक्तिहरूलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन्।</p> <p>आज ऎरले धनगढी उपमहानगरपालिका-३ ,स्थित श्री त्रिभुवन माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेकाहरूलाई सर्जिकल मास्क र स्यानिटाइजर वितरण गरेका हुन् ।</p> <p>सो क्वारेन्टाइनमा रहेका व्यक्तिहरूलाई एक हजार थान सर्जिकल मास्क, ३७ थान एन-९५ मास्क र ६० थान स्यानिटाइजर वितरण गरिएकाे&nbsp; धनगढी उपमहानगरपालिका-३ ,का वडाध्यक्ष बलबहादुर ऎरले बताए।</p>
प्रतिक्रिया दिनुहोस्