काठमाडौं। नेपालमा कोरोना भाइरस संक्रमितमध्ये एक हजार ८२५ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार आजसम्म देशैभरका विभिन्न अस्पतालमा एक हजार ८२५ संक्रमितको उपचार भइरहेको छ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सबैभन्दा धेरै प्रदेश नम्बर २ मा ७११ जना संक्रमित उपचाररत छन्।
त्यस्तै प्रदेश ५ मा ६२२, कर्णाली प्रदेशमा २५१, प्रदेश १ मा १२०, सुदूरपश्चिममा ६५, गण्डकीमा ३४ र बागती प्रदेशमा २२ जना संक्रमित उपचाररत छन्।
हालसम्म प्रदेश १ बाट ४८, प्रदेश २ बाट १०४, बागतीबाट ३०, गण्डकीबाट ३, प्रदेश ५ बाट ७४ र सुदूरपश्चिमबाट ७ जना संक्रमित कोरोनामुक्त भएर घर फर्किसकेका छन्।
देशैभर कूल २६६ जना संक्रमित डिस्चार्ज भएका हुन्।
पछिल्लो २४ घण्टाभित्रको पोजिटिभ पुष्टि भएका संक्रमितसहित नेपालमा संक्रमितको संख्या २ हजार ९९ पुगेको छ।
हालसम्म सबैभन्दा धेरै प्रदेश २ मा ८१६, प्रदेश ५ मा ६९९, कर्णालीमा २५१, प्रदेश १ मा १६८, सुदूरपश्चिममा ७३, बागतीमा ५४ र गण्डकी प्रदेशमा ३७ जना संक्रमित पुष्टि भइसकेका छन्।
मन्त्रालयका अनुसार आजसम्म देशैभर क्वारेन्टाइनमा बस्नेको संख्या एक लाख ४५ हजार ३७५ पुगेको छ।
प्रदेश १ मा ३ हजार ५३५, प्रदेश २ मा २२ हजार ५३६, बागतीमा ३ हजार ८, गण्डकीमा ४ हजार ३१५, प्रदेश ५ मा ४० हजार ३१५, कर्णाली प्रदेशमा २६ हजार ४४७ र सुदूरपश्चिममा ४४ हजार ८१७ जना क्वारेन्टाइनमा रहेका छन्।
देशैभर हालसम्म पीसीआर विधिबाट ७५ हजार ३४३ र आरडीटी किटबाट एक लाख १६ हजार ३४५ नमूना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा ३ हजार ४४० पीसीआर विधिबाट र २ हजार ५८८ आरडीटी किट विधिबाट परीक्षण गरिएको छ।
" /> काठमाडौं। नेपालमा कोरोना भाइरस संक्रमितमध्ये एक हजार ८२५ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार आजसम्म देशैभरका विभिन्न अस्पतालमा एक हजार ८२५ संक्रमितको उपचार भइरहेको छ।

">