काठमाडौं। सरकारले कोरोना संक्रमणको महामारीविरुद्ध जुध्न लकडाउन गरेको १० हप्ता पुगेको छ। पछिल्लो पटक आज अर्थात् २० जेठसम्म निर्धारित लकडाउनको अवधि बढाएर ३२ जेठसम्म पुर्याइएको छ।
११ चैतदेखि आजसम्म निरन्तर डकडाउन भएको ७१ दिन भयो। तर, सरकारले तत्कालै लकडाउन अन्त्य गर्ने वा यसको स्वरूप परिवर्तन गर्ने बारेमा कुनै निश्कर्ष निकालिसकेको छैन।
यहीबेला लकडाउनको विकल्प नदिएर मानिसहरूको जनजीवन थप कष्टकर बनाइरहेको भन्दै सरकारको आलोचना पनि हुन थालेको छ।
उपप्रधानमन्त्र एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड-१९ रोकथाम, नियन्त्रण तथा उपचार उच्चस्तरीय समन्वय समितिले लकडाउनको स्वरूप कस्तो बनाउने भन्ने बारेमा अध्ययन गरिरहेको भए पनि अहिलेसम्म कुनै निश्कर्ष आइसकेको छैन्।
उच्चस्तरीय समन्वय समितिका सदस्य एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लकडाउनको ‘एक्जिट प्लान’को विषयमा अध्ययन भइरहेको भए पनि अहिलेसम्म कुनै निश्कर्षमा नपुगिएको बताउँछन्।
“हामी जनस्वास्थ्यविद्, महामारी रोग विशेषज्ञ, सुरक्षा क्षेत्रका विज्ञहरूसँग परामर्श गरिरहेका छौं। उहाँहरूले दिएको सुझावको आधारमा कसरी अगाडि बढ्ने भन्ने निर्णय गर्छौ”, ज्ञवालीले देखापढीसँग भने, “यो हामी राजनीतिक व्यक्तिहरूले मात्रै टुङ्गो लगाउने विषय होइन।”
लकडाउनबाट कसरी बाहिर निस्कने भन्ने बारे आन्तरिक रूपमा छलफल भइरहेको उनले बताए।
लगातार लकडाउनको अवधि थपिएको, संक्रमितको संख्या पनि निरन्तर बढिरहेको तथा मृत्यु हुनेको संख्या पनि बढिरहँदा लकडाउनको औचित्यमा सर्वसाधारणले नै प्रश्न उठाउन थालेका छन्।
पछिल्लो समय विदेशबाट आउने नेपालीको संख्या पनि निरन्तर बढिरहकाले चुनौती थपिएको मन्त्री ज्ञवालीले बताए।
“निरन्तर लकडाउनबाट जनजीवन प्रभावित भएको छ। विदेशबाट आउने मानिसहरूको संख्या पनि बढिरहेको हुँदा जोखिम पनि बढेको छ। यी दुवै समस्याको बीचबाट समाधान निकाल्नुपर्छ। यस विषयमा हामी गृहकार्य गरिरहेका छौं”, ज्ञवालीले भने।
ज्ञवालीका अनुसार ३२ जेठ अगाडि लकडाउन यथावत रूप अर्थात् अहिलेकै स्वरूपमा जारी रहने संम्भावना बढी छ। यस अवधिमा सघन रूपमा छलफल तथा परामर्श गरेर निश्कर्षमा पुगिने उनले बताए।
“३२ गतेसम्म त लकडाउन नै छ। यसबीचमा हामी थप तयारी गर्छौ। त्यही बेला निश्कर्षमा पुग्न सकियो भने केही ठाउँहरूमा खुकुलो पनि गर्दै जाने स्थिति हुनसक्छ। विज्ञहरूसँग सघन ढंगले परामर्श गरिरहेका छौं”, ज्ञवालीले भने।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यलयका सचिव एवं उच्चस्तरीय समन्वय समिति सचिवसमेत रहेका नारायण प्रसाद विडारी भने संक्रमणमुक्त भयौ भन्ने अवस्था नहुँदासम्म लकडाउन जारी रहने तर, लकडाउनको स्वरूपमा भने परिवर्तन आउन सक्ने बताउँछन्।
“उच्चस्तरीय समितिमा यस बारेमा विभिन्न ढंगले छलफल भइरहेको छ। सामान्यतया कोरोना संक्रमण मुक्त भयौं भन्ने नहुँदासम्म लकडाउन रहन्छ। तर, त्यसको स्वरूप कस्तो हुने भन्ने बारेमा उच्चस्तरीय समितिले नै निश्कर्ष निकाल्छ”, विडारीले भने।
" /> काठमाडौं। सरकारले कोरोना संक्रमणको महामारीविरुद्ध जुध्न लकडाउन गरेको १० हप्ता पुगेको छ। पछिल्लो पटक आज अर्थात् २० जेठसम्म निर्धारित लकडाउनको अवधि बढाएर ३२ जेठसम्म पुर्याइएको छ।११ चैतदेखि आजसम्म निरन्तर डकडाउन भएको ७१ दिन भयो। तर, सरकारले तत्कालै लकडाउन अन्त्य गर्ने वा यसको स्वरूप परिवर्तन गर्ने बारेमा कुनै निश्कर्ष निकालिसकेको छैन।

">