सुर्खेत, अछाम र सल्यानमा २९ संक्रमित थपिए
काठमाडौ। सुर्खेत, अछाम र सल्यानमा थप २९ जनामा संक्रमण पुष्टि भएको छ।

प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको नमूना परीक्षणमा २९ जनामा संक्रमण पुष्टि भएको हो।

सुर्खेतका ११, सल्यानका ९ र अछामका ९ जनामा संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ। संक्रमित भएका २९ मध्ये २७ पुरुष र अछामका २ जना महिलाहरु हुन्।

अछामका नौ जना भारतबाट ९ जेठमा अछामको मेल्लेख गाउँपालिका ४ कुष्कोट पुगेका थिए।

यससँगै अछाममा कोरोना पुष्टि हुने हुनेको संख्या ११ पुगेको छ, जसमा दुईजना बाबुछोरीको धनगढीमा उपचार भइरहेको छ।

आज मेल्लेख गाउँपालिका ४ कुष्कोटका ८ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिए। उनीहरू सबै क्वारेन्टाइनमा थिए ।

कोरोना पुष्टि भएका मेल्लेख गाउँपालिका ४ कुष्कोटका २७ वर्षीया महिला तथा २४, २७, ३५, ४०, २९, २२ र ३० वर्षका पुरुष छन्। उनीहरू सबै भारतबाट ९ जेठमा गाउँ पुगेका थिए।

यस्तै, मंगलसेन नगरपालिकाका २३ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरू सवैको सुर्खेत प्रयोगशालामा स्वाब परीक्षण भएको हो । हिजो मात्रै चौरपाटी गाउँपालिका वडा नम्बर २ सोकटमा दुई जनामा कोरोना पुष्टि भएको थियो।

प्रतिक्रिया दिनुहोस्