कोरोना प्रसार रोक्न मास्क र भौतिक दूरी प्रभावकारीः अध्ययन

वासिङ्टन। अमेरिकामा गरिएको एक अध्ययनमा कोरोना भाइरसको प्रसार रोक्न मास्क र भौतिक दूरी प्रभावकारी देखिएका छन्।

तर, त्यसका लागि नियमित हात धुन अनिवार्य देखिएको अध्ययनको निष्कर्ष छ। सामान्यभन्दा सर्जिकल मास्क पहिरिँदा कोरोना भाइरसको प्रसार कम हुने पनि अध्ययनमा देखिएको छ।

अझ ‘एन-९५’ मास्क बढी प्रभावकारी देखिएको अध्ययन रिपोर्टमा उल्लेख छ।

मेडिकल जर्नल ‘लान्सेट’मा प्रकाशित रिपोर्टअनुसार एक मिटरको भौतिक दूरीमा बस्दा कोरोना भाइरस सहजै एकबाट अर्को व्यक्तिमा सर्न नसक्ने निष्कर्ष पनि अध्ययनले दिएको छ।

अझ दुई मिटरको भौतिक दूरी प्रभावकारी देखिएको रिपोर्टमा उल्लेख छ। चश्मा या गगल्समार्फत कोरोना भाइरसबाट आँखाको सुरक्षा हुने अध्ययनमा संलग्‍नहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्