खाली रंगशाला अनौठो हुने

काठमाडौं। एट्लेटिको मड्रिडका विंगर यानिक कारास्कोले स्पेनिल ला लिगा शुरू भएपछि खाली रंगशालामा खेल्दा अनौठो अनुभव हुने बताएका छन्।

कोभिड-१९ का कारण ला लिगा गत मार्चबाट स्थगित भएको थियो। ला लिगा ११ जुनमा डर्बी खेल सेभिया र रियाल बेटिसबीचको प्रतिस्पर्धाबाट पुनः शुरू हुनेछ।

डिएगो सिमोनीको एट्लेटिको मड्रिड छैटौं स्थानमा छ। जुन च्याम्पियन्स लिग खेल्ने चौथो स्थानको क्लब रियाल सोसिडाडभन्दा एक अंकले पछि हो। एट्लेटिकोले १४ जुनमा एथलेटिक बिल्बाओको भ्रमण गर्नेछ।

‘‘बन्द रंगशालामा खेल्नु अनौठो हुनेछ। तर हामी व्यावसायिक खेलाडी हौं र टीभीमा हेर्ने समर्थक र दर्शकका लागि हामी आफ्नोतर्फबाट सक्दो राम्रो फुटबल खेल्नेछौं,’’ कारास्कोले भने।

एट्लेटिकोले च्याम्पियन्स लिगको अन्तिम १६ मा लिभरपुलविरुद्ध खेलेपछि कुनै खेल खेलेको छैन। मार्चमा च्याम्पियन्स लिगको उक्त खेलमा एट्लेटिकोले साविक विजेता लिभरपुललाई समग्रमा ४-२ को नतिजा निकाल्दै क्‍वार्टरफाइनलमा स्थान बनाएको थियो।

बेल्जियमका कारास्कोले सबै सँगै प्रशिक्षण गर्न पाएको खुशी लागेको बताए।

‘‘हाम्रो टीममा सबैलाई ठीक छ। हामी पहिलो खेलको तयारीका लागि कडा मिहिनेत गरिरहेका छौं। त्यही खेलबाट हामीले लय समाउनु पर्छ,’’ कारास्कोले भने।

प्रतिक्रिया दिनुहोस्