जाजरकोट। पाँचजनाको हत्या र एक वेपत्ता हुने गरी भएको पश्चिमरुकुमको घटनाको स्थलगत अध्ययनका लागि गएको राष्ट्रिय मानव अधिकार आयोगको टोलीले अनुसन्धान थालेको छ।
आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जका उपनिर्देशक चन्द्रकान्त चापागाईं नेतृत्वको टोलीले जाजरकोटमा घटनाका सम्बन्धमा स्थानीय प्रशासन, प्रहरी, पीडित परिवार र सरोकार पक्षसँग भेटघाट गरेको छ।
टोलीले सो घटनामा ज्यान गुमाएका नवराज विकका आमाबुवा, सञ्जीव विकका परिवार र गणेश बुढाका परिवारलाई पनि भेटेर जानकारी लिएको छ।
पीडित परिवारले आयोगसमक्ष घटनाको निष्पक्ष अनुसन्धान र छानबिन हुनुपर्ने, घटनालाई तोडमोड गरी अपराधीलाई उम्काउन नहुने, सुरक्षाको ग्यारेन्टी गर्नुपर्नेलगायत माग राखेका छन् ।
“दलित भएकै कारण मेरो छोराको हत्या गरिएको हो”, नवराजका बुवा मुनलाल विकले भने, “हत्यारालाई कारवाही भएको देख्न पाऊँ, घटनाको सत्यतथ्य छानबिन होस्, अपराधी उम्किन नपाउन् ।”
स्थलगत अध्ययन टोलीका संयोजक चापागाईंले पीडित परिवारलाई घटनाको सत्यतथ्य छानबिन र अनुसन्धानका लागि आयोगले विशेष निगरानी र पहल गरिरहेको जानकारी गराए।
न्याय पाउनेमा पीडित परिवारलाई आश्वस्त पार्दै उनले भने, “हामीले घटनापछि हरेक घटनाक्रमलाई सूक्ष्म ढंगले नियालिरहेका छौं। यसअघि नै घटनाको सत्यतथ्य छानबिनका लागि सरकारलाई निर्देशनसमेत दिइसकेका छौँ। स्थलगत अध्ययनपछि प्राप्त तथ्यलाई समेटेर प्रतिवेदन पनि तयार पार्छौँ। सरकारलाई दिन्छौँ। हाम्रो खबरदारी निरन्तर जारी रहने छ।”
यसअघि पनि आयोगलाई रुकुम र जाजरकोटका अधिकारकर्मी सम्मिलित टोलीले घटनाको स्थलगत अध्ययन गरी प्रारम्भिक प्रतिवेदन बुझाइसकेको छ। रासस
" /> जाजरकोट। पाँचजनाको हत्या र एक वेपत्ता हुने गरी भएको पश्चिमरुकुमको घटनाको स्थलगत अध्ययनका लागि गएको राष्ट्रिय मानव अधिकार आयोगको टोलीले अनुसन्धान थालेको छ।आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जका उपनिर्देशक चन्द्रकान्त चापागाईं नेतृत्वको टोलीले जाजरकोटमा घटनाका सम्बन्धमा स्थानीय प्रशासन, प्रहरी, पीडित परिवार र सरोकार पक्षसँग भेटघाट गरेको छ।

">