डा. केसीको दुईदिने १८ औं अनसन दार्चुला सदरमुकाम खलंगामा सुरु

काठमाडौं । चिकित्सा क्षेत्र सुधारको माग गर्दै लामो समयदेखि आन्दोलनरत डा. गोविन्द केसीले आज बिहान दार्चुला सदरमुकाम खलंगामा १८ औं अनसन शुरु गरेका छन् ।

‘सिमाञ्चललगायत सबै नागरिकको समृद्धी, नेपालको सार्वभौमसत्ताको रक्षा तथा गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सबैको पहुँचका लागि’ नारासहित उनले दुईदिने अनसन थालेका हुन् ।

अनसनमा उनले तीन सुत्रीय माग अगाडि सारेका छन् ।

पहिलो नम्बर बुँदामा दार्चुला तथा सीमा क्षेत्रका लगायत देशभरका बासिन्दाका लागि यातायातको सहज पहुँच निर्माण गर्नुका साथै गुणस्तरीय स्वास्थ्य शिक्षा र रोजगारीको व्यवस्था गर्न माग गरेका छन् ।

दोस्रो नम्बरमा भारतबाट मिचिएको नेपालको भूमि फिर्ता गर्न प्रक्रिया तत्काल शुरु गर्नुपर्ने माग अगाडि सारेका छन् ।

र, तेस्रो नम्बरमा गण्डकी प्रदेशलगायत डडेलधुरा, बर्दिया, उदयपुर। इलामलगायत ठाउँमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया द्रुत गतिमा अगाडि बढाउन माग गरेका छन् ।

सोही बुँदामा गेटा मेडिकल कलेजलाई शीघ्र सञ्चालनमा ल्याउन तथा कर्णाली र रापती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबीबीएस कार्यक्रम सञ्चालन गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्