झापाका १७ सहित बीपी कोइराला प्रतिष्ठानबाट १८ जना डिस्चार्ज

काठमाडौं। प्रदेश १ का थप १८ जना कोरोनामुक्त भएर घर फर्किएका छन्।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत् उनीहरूलाई आज बिहान डिस्चार्ज गरिएको हो।

डिस्चार्ज गरिएकाहरूमा १७ जना पुरुष र एकजना महिला रहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले देखापढीलाई बताए।

सापकोटलाका अनुसार १७ जना पुरुष झापाका हुन् भने एकजना महिला धरानकी हुन्।

“२४ घण्टाभित्र दुईपटक गरिएको नमूना परीक्षण नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो”, उनले भने, “अब अस्पतालमा ८० जना संक्रमित उपचाररत छन्।”

यसअघि प्रदेश १ बाट ३० जना कोरोना संक्रमित डिस्चार्ज भइसकेका छन्। आज डिस्चार्ज भएकासहित प्रदेश १ मा कोरोनामुक्त हुनेको संख्या ४८ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्