विश्वभर कोभिड-१९ का मृतक तीन लाख ७५ हजार नाघे

लन्डन। कोभिड-१९ का कारण संसारभर तीन लाख ७५ हजार पाँच सय १३ जनाको मृत्यु भएको छ।

अमेरिकाको जोन हकिन्स विश्‍वविद्यालयका अनुसार संसारभर ६२ लाख ६४ हजार जनाभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

अमेरिका सबैभन्दा बढी प्रभावित छ, जहाँ १८ लाख ५० हजारभन्दा बढीमा संक्रमण देखिएको छ। यस्तै, एक लाख सात हजार जनाले ज्यान गुमाएका छन्।

दोस्रो स्थानमा रहेको ब्राजिलमा पाँच लाखभन्दा बढीमा संक्रमण देखिएको छ भने करिब ३० हजारजनाले ज्यान गुमाएका छन्।

सबैभन्दा बढी प्रभावित मुलुकको सूचीमा सातौं नम्बरमा रहेको भारतमा पछिल्लो २४ घण्टामा आठ हजार तीन सय ९२ जना नयाँ बिरामी थपिएका छन्। त्यससँगै भारतमा संक्रमितको संख्या एक लाख ९० हजार नाघेको छ।

तीमध्ये ९१ हजार आठ सय १९ जना उपचारपछि तन्दुरुस्त भएर घर फिरेका छन्। र, पाँच हजार तीन सय ९४ जनाको मृत्यु भएको छ। भारतमा कोभिड-१९ को रिकोभरी दर ४८ दशमलव १९ प्रतिशत छ।

प्रतिक्रिया दिनुहोस्