रुकुमपूर्वका दाजुभाइ दुई सातादेखि वेपत्ता

रुकुमपूर्व। भूमे गाउँपालिका-२ काँक्रीका पलबहादुर नेपालीका छोरा १७ वर्षीय फर्कमान र १३ वर्षीय मस्त नेपाली दुई सातादेखि वेपत्ता भएका छन्।

परिवारका अनुसार गत ४ जेठमा उनीहरू दिदीको घर रोल्पा थवाङ गएका थिए।

दिदीकहाँबाट ६ जेठमै घर आउन भनी हिँडेका उनीहरूसँग अहिलेसम्म सम्पर्क नभएको बुवा पलबहादुरले बताए।

दुवै छोरा सम्पर्कमा नआएपछि खोजीका लागि सहयोग गरिदिन परिवारले आग्रह गरेका छन्।

परिवारले हिजो, १९ जेठमा प्रहरीसमक्ष निवेदन पनि दिएको छ। रासस