२ वैशाखमा निर्माण शुरु भएर १२ जेठमा जिल्ला स्वास्थ्य कार्यालय कैलालीले सेती प्रादेशिक अस्पताललाई प्रि-फ्याबसहितको आइसोलेसन भवन हस्तान्तरण गरे पनि आवश्यक उपकरण जडान गर्नै बाँकी छन्।
सोही कारण अस्पताल सञ्चालनमा ढिलाइ भएको सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयले बताए।
भवनमा च्यानल गेट, खानेपानी व्यवस्थापन, सुरक्षा गार्ड राख्ने ठाउँ निर्माण भइसकेका छन्। तर, केही उपकरण जडान गर्न बाँकी रहेको उनले जानकारी दिए।
सबै उपकरण जडान गरेर १ असारभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको उनको भनाइ छ।
" />

">