सेती अस्पतालमा संक्रमितलाई शय्या अभाव
<p>कैलाली। कैलालीमा हिजो थपिएका कोरोना भाइरसका संक्रमितको उपचारका लागि सेती प्रादेशिक अस्पतालमा शय्या अभाव भएको छ।</p>
<p>हिजो संक्रमण पुष्‍टि भएका धनगढी उपमहानगरपालिका, गौरीगंगा नगरपालिका र बर्दगोरियाका १४ जनालाई आइसोलेसनमा राखेर उपचार गर्न सेती अस्पताल ल्याइएको छ। तर, तीमध्ये एकजनालाई शय्या पुगेन।</p>
<p>यसअघि नै नौजना संक्रमित र दुई शंकास्पद बिरामीसहित ११ जनालाई अस्पतालको आइसोलेसनमा राखिएको छ। अस्पतालमा २४ जनाका लागि मात्र आइसोलेसन कक्ष उपलब्ध छन्।</p>
<p>शय्या अभाव भएका बिरामीलाई अर्को बेड थपेर उपचार शुरु गरिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्‍ठले बताए।</p>
प्रतिक्रिया दिनुहोस्
