इजरायली प्रधानमन्त्री नेतन्याहुका कर्मचारीमा कोरोना

जेरुसलेम। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ।

संक्रमित कर्मचारीको सम्पर्कमा नेतन्याहु भए-नभएको भने उनको कार्यालयले स्पष्‍ट गरेको छैन। तर, कार्यालयका कर्मचारीमा कोभिड-१९ पोजिटिभ देखिएको कार्यालयले पुष्‍टि गरेको छ।

७० वर्षीय नेतन्याहुको पनि जाँच शुरु गरिएको कार्यालयले जनाएको छ। र, ती कर्मचारीको सम्पर्कमा आएका सबैको परीक्षण थालिएको छ।

नेतन्याहुका निकटस्थहरूमा कोरोना भाइरसको संक्रमण देखिएको यो दोस्रो पटक हो। यसअघि एक सल्लाहकारमा पनि संक्रमण पुष्‍टि भएको थियो।

इजरायलका स्वास्थ्यमन्त्रीमा पनि कोरोना भाइरस संक्रमणको शंका गरिएको थियो। तर, परीक्षणमा नेगेटिभ देखियो।

इजरायलमा हालसम्म कोभिड-१९ का १७ हजार एक सय बिरामी देखिएका छन्। तीमध्ये दुई सय ८५ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्