प्रधानसेनापति प्रशंसा निशानबाट १० सैनिक सुशोभित
काठमाडाैं। प्रधानसेनापति पूर्णचन्द्र थापाले ‘प्रधानसेनापति प्रशंसा निशानबाट’ नेपाली सेनाका विभिन्न दर्जाका १० सैनिकलाई सुशोभन गरे।

बेलायतको बेल्स ब्रेकनमा २४ असोजदेखि ३ कात्तिकसम्म सञ्चालित ‘एक्सरसाइज कम्बरियन पट्राेल २०१९’ अभ्यासमा सहभागी भई स्वर्णपदक विजेता अधिकृत, पदिक तथा अन्य दर्जालाई उनले सो निशान प्रदान गरेका हुन्।

बेलायत, नेपाल र विश्वका ३४ देशका १४० सैन्य टोलीको सहभागिता रहेको सो सैन्य अभ्यासलाई विश्वस्तरीय मानिन्छ।

नेपाली सेनाले सन् २०१४ देखि सो अभ्यासमा सहभागिता जनाउँदै आएको थियो।

बेलायतले सन् १९६० देखि सो अभ्यास सञ्चालन गर्दै आएको छ।

सो निशान प्राप्त गर्नेमा प्रमुख सेनानी असीमदीप गुरुङ, सहसेनानी कसम श्रेष्ठ, जमदार वसन्त रावत, हुद्दा निरोज अधिकारी, प्युठ युविन अम्गाई, प्रदीपकुमार दर्लामी, अर्जुन मोक्तान, ध्रुव अधिकारी, सिपाही कौशल भुजेल र सन्तोष श्रेष्ठ छन्।

आज नेपाली सेनाको मुख्यालयमा आयोजित कार्यक्रममा प्रधानसेनापति थापाले ती सैनिकलाई प्रशंसा निशान प्रदान गर्दै नेपाली सेनाको गौरममय इतिहासलाई विश्वसामु जीवन्तरूपमा परिचित गराउन अहम् भूमिका खेलेकामा स्वर्णपदक विजेता सैनिकलाई धन्यवाद एवं बधाई दिए।
सो अभ्यासमा विशेषगरी युद्धकालीन विशेष परिस्थितिहरूको कल्पना गरी शत्रुपक्षको गतिविधिसमेत समेटेर सञ्चालन गरिन्छ। यसमा विश्वस्तरीय सैन्य अभ्यासमा सहभागी हुने टोलीहरूको शारीरिक सहिष्णुता र पेशागत दक्षताको मूल्याङ्कन गरिन्छ।

प्रतिक्रिया दिनुहोस्