आज निर्जला एकादशी
<p>काठमाडौं। आज निर्जला एकादशी। ज्येष्ठ शुक्ल एकादशीका दिन पर्ने यो पर्व तुलसीको बीउ रोप्‍ने पर्वका रूपमा चिनिन्‍छ।</p>
<p>यस दिन छरिएका तुलसीहरुको अंकुरण भएपछि ती बिरुवाहरुलाई पछि ठूली एकादशीमा रोप्ने गरिन्छ ।</p>
<p>निर्जला अर्थात जलबिनाको एकादशी, यस एकादशीलाई जल बिना व्रत लिने गरेर भक्तिपूर्वक पालना गरिन्छ।</p>
<p>वर्षभरीका एकादशी तिथीको पुण्य प्राप्त हुने विश्‍वासमा आज पानी पनि नखाई ब्रत बस्ने र भगवान विष्णुको पूजा गर्ने चलन छ।</p>
प्रतिक्रिया दिनुहोस्
