रूकुमपश्चिम। रुकुम(पश्चिम)को चौरजहारी नगरपालिका–८, सोतीमा भएको घटनाको छानबिन गर्न सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिका संयोजक जीतेन्द्र बस्नेतले घटनाको सत्यतथ्य छानबिन भइरहेको बताएका छन्।
उनले समितिले घटनाको सत्यतथ्य छानबिन गरिरहेको र छिट्टै प्रतिवेदन तयार पारी गृह मन्त्रालयलाई बुझाइने पत्रकारमाझ बताए।
“हामीले मृतकका पक्ष, सोती गाउँका बासिन्दा, केटीका परिवार तथा आफन्त, अधिकारकर्मी, दुवै जिल्लाका सुरक्षा निकाय, पत्रकारलगायतसंँग भेटी घटनाको सूक्ष्म तरिकाले अनुसन्धान गरिरहेका छौंँ”, उनले भने, “घटनाको जरोमा पुगेर सत्यतथ्य पत्ता लगाई हाम्रो समितिलाई दिइएको म्याण्डेट र समयअनुसार अध्ययन प्रतिवेदन तयार पारेर सरकारलाई बुझाउँछौं।”
घटनाबारे बाहिर आएका र आफूहरूले विभिन्न तवरबाट गरेका छलफलमा आएका कुरालाई पनि सूक्ष्मरूपमा हेरिरहेको संयोजक बस्नेतले बताए। काठमाडाैंबाट जाजरकोट पुगेको टोली त्यहाँ अध्ययनअनुसन्धान गरी यहाँ आएको हो।
टोलीले घटनास्थल सोती गाउँमा पुगेर घटनाका बारेमा अनुसन्धान गरेको छ। अनुसन्धानकै क्रममा टोलीले आज जिल्लास्थित पत्रकारसँंग छलफल गरेको हो।
त्यस्तै टोलीले जिल्लास्थित दलित अधिकारकर्मीसँग पनि भेट गरेको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले जानकारी दिए। सोतीमा भएको घटनाको सत्यतथ्य छानबिन गरी रायसहितको प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सहसचिव बस्नेतको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ।
अन्तरजातीय प्रेमसम्बन्धका कारण भएको भनिएको घटनामा परी जाजरकोटका चार र रुकुम(पश्चिम)का एक गरी पाँचजनाले ज्यान गुमाएका छन्। जाजरकोटका एक युवक अझै बेपत्ता छन्।
भेरी नगरपालिका–४ का नवराज विक, सञ्जु विक र गणेश बुढा तथा भेरी–११ का लोकेन्द्र सुनार र चौरजहारी नगरपालिका–१ का टीकाराम नेपालीको शव भेरी नदीमा फेला परेको थियो। भेरी-११ जाजरकोटका गोविन्द शाही अझै बेपत्ता छन्। रासस
पढ्नुहाेस्ः
चौरजहारी घटनाको स्थलगत अध्ययन गरेका सांसद भन्छन्- ‘यो सुनियोजित नरसंहार हो’
चौरजहारी घटनापछि नदीमा हराएका थप एक युवकको शव भेटियो
हात बाँधिएको अवस्थामा भेटियो चौरजहारी घटनापछि नदीमा हराएका युवकको शव
" /> रूकुमपश्चिम। रुकुम(पश्चिम)को चौरजहारी नगरपालिका–८, सोतीमा भएको घटनाको छानबिन गर्न सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिका संयोजक जीतेन्द्र बस्नेतले घटनाको सत्यतथ्य छानबिन भइरहेको बताएका छन्।उनले समितिले घटनाको सत्यतथ्य छानबिन गरिरहेको र छिट्टै प्रतिवेदन तयार पारी गृह मन्त्रालयलाई बुझाइने पत्रकारमाझ बताए।

">