काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन गर्न वैकल्पिक पठनपाठनको बाटो खुला गरेको छ।
लकडाउनका कारण लामो समयदेखि बन्द रहेको शैक्षिक क्षेत्रमा ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७’ जारी गर्दै शिक्षा मन्त्रालयले १ असारबाट सोहीअनुसार पठनपाठन सञ्चालन गर्न देशभर परिपत्र गरेको छ।
मन्त्रालयले जारी गरेको निर्देशिकामा प्रदेश सरकार, स्थानीय तह, विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीलाई जिम्मेवार बनाइएको छ। विद्यार्थीलाई उपलब्ध हुन सक्ने स्रोतसाधनका आधारमा ५ तहमा वर्गीकरण गरेर सोहीअनुसार पठनपाठन सञ्चालन गर्न सकिने विकल्प दिइएको हो।
विद्यालय खुलेर नियमित पठनपाठनको सहज अवस्था सिर्जना नहुञ्जेल खुला तथा दूर शिक्षालगायत वैकल्पिक शिक्षा प्रणालीबाट सिकाइ सहजीकरण गर्न निर्देशिका ल्याइएको मन्त्रालयले जनाएको छ।
वैकल्पिक माध्यमबाट पठनपाठन शुरू गर्न अनुरोध गरिए पनि विद्यालय खोल्नेबारे हालसम्म कुनै निर्णय भने नभएको मन्त्रालयले प्रष्ट पारेको छ।
इन्टरनेट, रेडियो, टिभी, अनलाइन/अफलाइनबाट पठनपाठन गर्न सकिने निर्देशिकामा उल्लेख गरिएको छ। सामुदायिक, संस्थागत, सार्वजनिक, निजी शैक्षिक गुठीद्वारा सञ्चालन गरिएका विद्यालयले उक्त निर्देशिकाअनुसार पठनपाठन गर्नुपर्ने जनाइएको छ।
शिक्षकले सिक्ने र सिकाउने कुरालाई सहजीकरण गर्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ। त्यस्तै आफूले पढाउनेबाहेकका विद्यालयका विद्यार्थीको सूचीसमेत शिक्षकले तयार पार्नुपर्नेछ।
निर्देशिकाले विद्यार्थीहरूलाई पाँच भागमा वर्गीकरण गरेको छ। जसमा सबै किसिमको प्रविधिको पहुँचभन्दा बाहिर रहेको विद्यार्थी समूह, रेडियो, एफएम रेडियोमा पहुँच भएका विद्यार्थी समूह, टेलिभिजनमा पहुँच भएका विद्यार्थी समूह, कम्प्युटर भएको तर अनलाइन कनेक्टिभिटी नभएका, इन्टरनेट तथा सञ्चारसाधनमा पहुँच भएका विद्यार्थी समूह गरी पाँच भागमा विभाजन गरिएको हो।
" /> काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन गर्न वैकल्पिक पठनपाठनको बाटो खुला गरेको छ।लकडाउनका कारण लामो समयदेखि बन्द रहेको शैक्षिक क्षेत्रमा ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७’ जारी गर्दै शिक्षा मन्त्रालयले १ असारबाट सोहीअनुसार पठनपाठन सञ्चालन गर्न देशभर परिपत्र गरेको छ।

">