काठमाडौं। कोभिड-१९ को संक्रमण बढिरहेका बेला नेपालमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको संक्रमण पनि बढ्दै गएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा यो वर्ष अहिलेसम्म २६ जिल्लामा डेंगुको संक्रमण देखिएको छ।
पुस महीनादेखि आजसम्म ८२ जना डेंगु रोगबाट प्रभावित भएको महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेयले जानकारी दिए। उनका अनुसार वर्षात् शुरू भइसकेकाले संक्रमण झन् बढ्न सक्ने देखिएको छ।
“घरमा होस् वा क्वारेन्टाइनमा बस्दा डेंगु, मलेरियालगायत रोगको संक्रमण हुने जोखिम देखिएको छ”, उनले भने, “लामखुट्टेबाट सर्ने डेंगु रोग गत वर्ष महामारीका रूपमा फैलिएको थियो। जोखिमको अवस्था अहिले पनि बढेको छ।”
उनका अनुसार मुख्यरूपमा वैशाखदेखि मंसीर महीनासम्म डेंगुको समस्या हुने गरेको छ। गत वर्ष नेपालका ६८ जिल्लामा १६ हजार मानिसमा डेंगुको संक्रमण देखिएको थियो। ६ जनाको मृत्यु भएको थियो।
महाशाखाका अनुसार आजसम्म रुपन्देही जिल्लामा ३५, म्याग्दीमा १२, मकवानपुर, गोरखा र तनहुँ जिल्लामा एक/एकजनामा संक्रमण देखिएकाे छ।
कास्कीमा १०, काठमाडौं सात, नवलपरासीमा एक, बाग्लुङ दुई, ललितपुर चार, सुनसरीमा चार, पाल्पामा एक, नवलपरासी पश्चिममा एक, मोरङ तीन, कपिलवस्तु तीन, तेह्रथुम दुई, बाँके एक, डडेल्धुरा एक, झापा एक, उदयपुर एक, दाङ एक, नुवाकोट दुई, कैलाली दुई, धनकुटा दुई, रामेछाप एक र धादिङमा एकजनामा संक्रमण देखिएकाे छ।
“विश्वमा पनि डेंगुको संक्रमण बढिरहेको छ। अहिले आधाजसो जनसंख्यामा डेंगु देखिएको छ”, उनले भने, “केहीलाई कडा खालको लक्षण देखिने र समयमा उपचार नभए मानिसको मृत्यु पनि हुन सक्छ। त्यसैले लामखुट्टेको टोकाइबाट जोगिनुपर्छ। यो छोटो समयमा नै संक्रमण हुने गर्छ।”
डेंगुको संक्रमण भएमा मानिसमा एक्कासि तीनदेखि पाँच दिनसम्म ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, मांसपेशी तथा जोर्नी दुख्ने, आँखाको गेडी दुख्ने, अरूचि हुने, पेट तथा आन्द्रामा गडबडी हुने जस्ता लक्षण देखा पर्ने महाशाखाले जानकारी दिएको छ।
महाशाखा प्रमुख डा. पाण्डेयले चिकित्सकको सल्लाहबिना औषधि सेवन गर्न नहुने र सुरक्षित हुनेतर्फ ध्यान दिनुपर्ने बताए।
“घर वरिपरि पानी जम्न नदिने, खाल्डाखुल्डी, टायरलगायतका विभिन्न स्थानमा सफा गर्नुपर्छ। लार्भा नष्ट गर्ने काम गर्नुपर्छ। झुलको प्रयोग गर्नुपर्दछ”, उनले भने, “महाशाखाबाट प्रत्येक प्रदेश, स्थानीय निकायमा बच्न र जाँच गर्न डायग्नोस्टिक टेस्ट किटको व्यवस्था गरिएको छ।”
उनले डेंगुसँगै मलेरियाको समस्या पनि देखिएको बताए। आजसम्म नेपालमा मलेरिया रोगबाट १५ जना संक्रमित भएका छन्। नेपालमा १६ वर्ष पहिले सन् २००४ मा पहिलोपटक डेंगु रोग देखा परेको थियो।
" /> काठमाडौं। कोभिड-१९ को संक्रमण बढिरहेका बेला नेपालमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको संक्रमण पनि बढ्दै गएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा यो वर्ष अहिलेसम्म २६ जिल्लामा डेंगुको संक्रमण देखिएको छ।

">