काठमाडौं। देशैभरका अस्पतालहरूमा कोरोना संक्रमितको संख्या एकहजार ५६९ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सातवटै प्रदेशमा संक्रमितमध्ये सबैभन्दा धेरै प्रदेश २ मा ५८९ जना छन्।
त्यस्तै प्रदेश ५ मा ५७० जना छन्। कर्णाली प्रदेशमा १९७, प्रदेश १ मा १३८, सुदूरपश्चिममा ३७, गण्डकीमा २३ र बागमती प्रदेशमा १५ जना संक्रमित उपचाररत छन्।
देशका ५९ जिल्लामा काेराेना संक्रमण फैलिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेशगतरूपमा मन्त्रालयका अनुसार प्रदेश १ मा १६८, २ मा ६९४, बागमतीमा ४६, गण्डकीमा २६, प्रदेश ५ मा ६२१, कर्णालीमा १९८ र सुदूरपश्चिममा ४५ जना संक्रमित पुगेका छन्।
योसहित देशैभर संक्रमितको संख्या एकहजार ७९८ पुगेको छ।
मन्त्रालयका अनुसार क्वारेन्टाइनमा बस्ने मानिसको संख्या पनि दिनप्रतिदिन बढिरहेको छ। आज पछिल्लो तथ्यांकअनुसार देशैभरका क्वारेन्टाइनमा एकलाख ३३ हजार ९७५ जना छन्।
सबैभन्दा धेरै सुदूरपश्चिममा ४० हजार ७७१ जना छन्। त्यस्तै प्रदेश ५ मा ३८ हजार २३०, कर्णालीमा २२ हजार ४७४, प्रदेश २ मा २१ हजार ९३२, प्रदेश १ मा तीन हजार ९७७, गण्डकीमा तीन हजार ९३७ र बागमतीमा दुई हजार ६५४ जना छन्।
मन्त्रालयका अनुसार आजसम्म देशैभर पीसीआर विधिबाट ७१ हजार ९०३ नमूना परीक्षण गरिएका छन्। आरडीटी विधिबाट एकलाख १३ हजार ७५७ नमुना परीक्षण भएका छन्।
पछिल्लो २४ घण्टामा भने पीसीआरबाट दुई हजार ३१० र आरडीटीबाट दुई हजार ६४८ नमूना परीक्षण गरिएका छन्।
" /> काठमाडौं। देशैभरका अस्पतालहरूमा कोरोना संक्रमितको संख्या एकहजार ५६९ पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सातवटै प्रदेशमा संक्रमितमध्ये सबैभन्दा धेरै प्रदेश २ मा ५८९ जना छन्।

">