विराटनगर। कोभिड-१९ को उपचार, रोकथाम तथा नियन्त्रणका लागि चीनको तिब्बत सरकारले प्रदेश १ सरकारलाई सात करोड ७४ लाख मूल्य बराबरको १८ प्रकारका स्वास्थ्य सामग्री सहयोग गरेको छ।
नेपाल चीन कार्यकारी परिषद् प्रदेश १ का संयोजक मुकेश उपाध्यायले आज यहाँ आयोजित एक समारोहबीच मुख्यमन्त्री शेरधन राईलाई उक्त सामग्री हस्तान्तरण गरे।
सो अवसरमा मुख्यमन्त्री राईले प्रदेश सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि उच्च सतर्कता अपनाएको उल्लेख गर्दै सरकारले गरेको उच्च प्रयासका कारण नै कोरोनाको उपचार एवं रोकथाममा सफलता प्राप्त गरेको बताए।
तिब्बत सरकारबाट प्राप्त सहयोगले मनोबल उच्च भएको बताउँदै उनले सरकारले यस प्रदेशमा पीसीआर पद्धतिबाट ५० हजार मानिसको परीक्षण गर्ने तयारी गरिरहेको जानकारी दिए।
मुख्यमन्त्री राईले तिब्बत सरकारबाट प्राप्त भएको सहयोग सामग्रीको उपयुक्त र प्रभावकारी ढंगले प्रयोग गर्ने बताउँदै कोरोनाको उपचारका लागि सरकार हरसम्भव प्रयास जारी राखेकाे बताए।
परिषद्का संयोजक मुकेश उपाध्यायले तिब्बत सरकारले नेपालमा कृषि, पर्यटन र व्यापार व्यवसायलाई फस्टाउन सहयोग गर्ने भन्दै तिब्बतबाट प्राप्त सहयोग सामग्रीको सही सदुपयोग भएमा आमनागरिक लाभान्वित हुने विश्वास व्यक्त गरे। रासस
" /> विराटनगर। कोभिड-१९ को उपचार, रोकथाम तथा नियन्त्रणका लागि चीनको तिब्बत सरकारले प्रदेश १ सरकारलाई सात करोड ७४ लाख मूल्य बराबरको १८ प्रकारका स्वास्थ्य सामग्री सहयोग गरेको छ।नेपाल चीन कार्यकारी परिषद् प्रदेश १ का संयोजक मुकेश उपाध्यायले आज यहाँ आयोजित एक समारोहबीच मुख्यमन्त्री शेरधन राईलाई उक्त सामग्री हस्तान्तरण गरे।

">