श्वास फेर्न समस्या हुँदा महाेत्तरीमा एक गर्भवतीकाे मृत्यु
<p>महाेत्तरी। महोत्तरीको एकडारा गाउँपालिकामा श्वास फेर्ने समस्याबाट आज एक गर्भवतीको मृत्यु भएको छ।</p>
<p>मृत्यु हुनेमा एकडारा गाउँपालिका–२ बस्ने ४० वर्षीया रीतादेवी यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।</p>
<p>घरमा बसिरहेका बेला ती महिलालाई अचानक श्वास फेर्नमा समस्या हुँदा उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा पुर्‍याउने क्रममा बाटाेमै मृत्यु भएको हो।</p>
<p>महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्
