काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपालको कानून उल्लंघन गरेको भन्दै चार जिल्लाका फुटबल संघका अध्यक्षहरूले प्रधानमन्त्रीसमक्ष कारबाहीको माग गरेका छन्।

एन्फा अध्यक्ष शेर्पाले अमेरिकाबाट सञ्चालन भइरहेको दुर्विन नेपालसँगको अन्तर्वार्तामा तराईका मानिसमा राष्ट्रियताको भावना कमी भएको र राष्ट्रियता सिकाउन तराईका चार जिल्लामा ग्रासरूटको कार्यक्रम शुरू गरेको बताएका थिए।

एन्फा अध्यक्ष शेर्पाले दिएको अभिव्यक्ति नेपालको कानून, विश्व फुटबलको सर्वोच्च निकाय फिफा, एशियाली फुटबल महासंघ (एएफसी) र एन्फाको विधानविपरीत भएको भन्दै काठमाडौं, भक्तपुर, ललितपुर र धादिङ जिल्ला फुटबल संघका अध्यक्षले कारबाहीको माग गरेका हुन्।

चार जिल्लाका फुटबल संघले मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यलयमा बुझाएको पत्रको बोधार्थ राष्ट्रिय खेलकुद परिषद्‍मा पनि बुझाइएको छ।

चार जिल्ला फुटबल संघका अध्यक्षहरूले एन्फा अध्यक्ष शेर्पा स्वेच्छाचारी ढंगले चलेको तथा व्यक्तिगत लाभ हासिल गर्दै फुटबलको हित विपरीत कार्य गर्दै आएको आरोप लगाएका छन्।

‘‘निजले गरेका गलत कार्यहरू समयमा नै नरोकिए फुटबल खेलको अवस्था झनै दयनीय हुने समेत जानकारी गराउँछौं’’, चार जिल्ला फुटबल संघले प्रधानमन्त्री कार्यलयमा बुझाएको पत्रमा भनिएको छ, ‘‘शेर्पाको अनियमितता र स्वेच्छारिताविरुद्ध चौतर्फी विरोध भइरहेको छ। शेर्पाले दिएको अभिव्यक्ति एन्फाको विधानविपरीत मात्र नभई मुलुकी अपराध संहिता ऐन २०७४ समेतको विपरीत छ।’’

एन्फा अध्यक्ष शेर्पाले दिएको अभिव्यक्तिलाई लिएर प्रतिनिधि सभामा समेत विरोध भएको थियो।

१४ जेठमा बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद बिमलप्रसाद श्रीवास्तवले शेर्पामाथि छानबिन गरी कारबाहीको माग गरेका थिए।  उनले एन्फा अध्यक्ष शेर्पाले नेपाली समाजमा विभेद्को बीजारोपण गरेको आरोप लगाएका थिए।

‘‘हामीले नेपाल आर्मीसँगको सहकार्यमा तराईका चार जिल्ला सप्तरी, सिरहा, धनुषा र महोत्तरीमा ग्रासरूट फुटबल कार्यक्रम शुरू गरेका छौं। त्यहाँ किन शुरू गर्‍यौंभन्दा दुईवटा कारण छन्। एउटा तराईको बच्चाहरूलाई फुटबलप्रति आकर्षण गर्नका लागि, अर्को कुरा राष्ट्रियता सिकाउनका लागि। किनभने तराईतिर जाँदा राष्ट्रियताको फिलिङ अलि कम छ’’, एन्फा अध्यक्ष शेर्पाले अन्तर्वार्तामा भनेका छन्, ‘‘आर्मीको ब्यारेक आउँदा कम्तीमा राष्ट्रिय गीत गाउने, नेपालको विषयमा चर्चा हुने र फुटबलको माध्यमबाट खेलाडी उत्पादन गर्ने हिसाबले पनि हामीले काम गरेका हौं। त्यसैले ग्रासरूट कार्यक्रम सफलताको शिखरमा पुगेको छ।’’

" /> काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपालको कानून उल्लंघन गरेको भन्दै चार जिल्लाका फुटबल संघका अध्यक्षहरूले प्रधानमन्त्रीसमक्ष कारबाहीको माग गरेका छन्।

"> एन्फा अध्यक्ष शेर्पाविरुद्ध कारबाही गर्न प्रधानमन्त्रीसमक्ष माग: Dekhapadhi
एन्फा अध्यक्ष शेर्पाविरुद्ध कारबाही गर्न प्रधानमन्त्रीसमक्ष माग

प्रतिक्रिया दिनुहोस्