कैलालीम। सुदूरपश्चिममा आज थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार आज कैलालीमा १४, डोटी, अछाम, कञ्चनपुर र बैतडीमा एक/एक जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो।
कैलालीका संक्रमितहरूमा ११ पुरुष र तीन महिला छन्। अन्य जिल्लाका सबै पुरुष हुन्।
कैलालीमा काेराेना संक्रमण देखिनेमा धनगढी उपमहानगरपालिका-१२ जुगेडाका २५ वर्षीय पुरुष, गौरीगंगा नगरपालिकाका-७ का ४७, २४, २१ र २४ वर्षीय पुरुष छन्।
त्यस्तै धनगढी-२ को मालिका माविको क्वारेन्टाइनमा रहेका १९, ३३, २८, ३५ वर्षीय पुरूष छन्। साेही वडाका २८, २७, २२ वर्षीया महिला, पाँच वर्षका बालक र बर्दगोरीया गाउँपालिका-७ का २७ वर्षीय पुरुषमा काेराेना संक्रमण देखिएकाे सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए।
त्यसैगरी कञ्चनपुरका संक्रमित शुक्लाफाँटा नगरपालिकाका ११ महीनाका बालक, डोटीको शिखर नगरपालिका-३ का २५ वर्षीय पुरुष, बैतडीको पाटन नगरपालिका-८ का ३५ वर्षीय पुरुष र अछामको चौरपाटी गाउँपालिका-२ का ३३ वर्षीय पुरुषमा कोरोना संक्रमणा देखिएकाे उनले बताए।
उनीहरू सबैको धनगढीस्थित प्रयोगशालामा परीक्षण गरिएको हो।
योसँगै सुदूरपश्चिममा संक्रमित हुनेको संख्या ४३ पुगेको छ।
कैलालीमा यसअघि ९ जना, डडेल्धुरामा एक जना, दार्चुलामा १ जना, बैतडीमा पाँचजना, बाजुरा र अछाममा २/२ जना संक्रमित थिए ।
जसमध्ये कैलालीका चार तथा कञ्चनपुर र डडेल्धुराका एक/एक जना संक्रमित कोरोनामुक्त भएर घर फर्किसकेका छन्।
" /> कैलालीम। सुदूरपश्चिममा आज थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार आज कैलालीमा १४, डोटी, अछाम, कञ्चनपुर र बैतडीमा एक/एक जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो।

">