दिल्लीमा एक साताका लागि सीमा सिल

नयाँदिल्ली। भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले एक साताका लागि आफ्नो राज्यको सीमा सिल गर्ने घोषणा गरेका छन्।

बीबीसीका अनुसार सातादिनयता दिल्लीमा कोरोना भाइरसको संक्रमण बढ्दो रहेको उल्लेख गर्दै उक्त घोषणा गरेका हुन्।

“दिल्लीमा निःशुल्क उपचार भइरहेको छ। यदि सीमा खुला राखियो भने देशभरका मानिस आउने छन् र यहाँका अस्पतालका नौ हजारभन्दा बढी शय्या भरिने छन्,” उनले भने।

दिल्ली सरकारले कसैको उपचारका लागि निषेध गर्न नसक्ने उल्लेख गर्दै केजरीवालले आफूलाई जबसम्म कोभिड-१९ को महामारी रहन्छ, तबसम्म दिल्लीका बासिन्दाका लागि अस्पतालका शय्याहरू रिजर्भ राख्‍न सल्लाह आएको बताए।

“यो साता दिल्लीका सीमा बन्द रहने छन्, अर्को साता जनताको राय आएपछि मात्र खुला गर्ने या बन्द नै राख्‍ने भन्‍नेबारे निर्णय लिइनेछ,” उनले भने।

प्रतिक्रिया दिनुहोस्