काठमाडौं। प्रहरीले एकथान पेस्तोल र गोलीसहित धनुषाबाट एक युवकलाई पक्राउ गरेको छ।
प्रदेश २ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले जनकपुर उपमहानगरपालिका-१७ बलौनीबाट महोत्तरीका २० वर्षीय अजिजुल राईनलाई पक्राउ गरेको हो।
उनको साथबाट प्रहरीले अटोमेटिक पेस्तोल एक थान, म्यागजिन चीन थान, गोली पाँच राउण्ड र चक्कु एक थान बरामद गरेको छ।
ज.४ प ३९३३ नम्बरको मोटरसाइकल चेकजाँचको क्रममा हतियार फेला परेको प्रहरीले जनाएको छ।
राईन उपर हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
" /> काठमाडौं। प्रहरीले एकथान पेस्तोल र गोलीसहित धनुषाबाट एक युवकलाई पक्राउ गरेको छ।प्रदेश २ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले जनकपुर उपमहानगरपालिका-१७ बलौनीबाट महोत्तरीका २० वर्षीय अजिजुल राईनलाई पक्राउ गरेको हो।

">