काठमाडौं। प्रदेश ५ को रुपन्देहीस्थित भीम अस्पतालको आइसोलेसनमा रहेका २५ जना कोरोनामुक्त भएर घर फर्किएका छन्।
प्रदेश ५ को स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. उमाशंकर चौधरीले आज भीम अस्पतालबाट २५ जना र हिजो ४ जना बुटवलको धागो कारखानास्थित कोरोना अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिए।
पछिल्लो दुई पटकको रिपोर्टमा कोभिड-१९ नतिजा नेगेटिभ आएपछि हिजो र आज गरी २९ जनालाई डिस्चार्ज गरिएको हो।
प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराल र स्वास्थ्यकर्मीहरुले पूर्ण स्वास्थ्यलाभको कामनासहित उनीहरूलाई अस्पतालबाट बिदाई गरेका थिए।
आज डिस्चार्ज हुनेमध्ये २२ जना पुरुष र तीनजना महिला छन्। उनीहरू सबै दुईसाता अस्पताल बसाईपछि घर फर्किएका हुन्।
भीम अस्पताललाई प्रदेश ५ सरकारले कोरोना विशेष अस्थायी अस्पतालका रूपमा निर्माण गरेको थियो।
" /> काठमाडौं। प्रदेश ५ को रुपन्देहीस्थित भीम अस्पतालको आइसोलेसनमा रहेका २५ जना कोरोनामुक्त भएर घर फर्किएका छन्।प्रदेश ५ को स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. उमाशंकर चौधरीले आज भीम अस्पतालबाट २५ जना र हिजो ४ जना बुटवलको धागो कारखानास्थित कोरोना अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिए।

">