कैलाली। रोटरी क्लब अफ धनगढीले क्वारेन्टाइनमा बसेका महिला तथा बालबालिकाहरूलाई विभिन्न सामग्री सहयोग गरेको छ।
क्लबका महिला सदस्यहरूले क्वारेन्टाइनमा बसेका महिलाका लागि सेनिटरी प्याड, अन्डरवेयर, साबुन सेम्फु लगायतका सरसफाइ सामग्री सहयोग गरेका हुन्।
त्यस्तै बालबालिकाका लागी कलर, पेन्सिल, कपि, चकलेट लगायतका सामग्री सहयोग गरिएको सदस्य भगवती बडालले बताइन्।
क्वारेन्टाइन रहँदा साथै महिनावारी भएको बेला ध्यान दिनुपर्ने सरसफाइका उपायबारे क्लबका सदस्य तथा स्वास्थ्यकर्मी सुनिता खत्रीले जानकारी गराएकी छन्।
क्लबका डाइरेक्टर डाक्टर प्रतिक्षा सिंह राठौरको नेतृत्वमा महिला सदस्यहरूले धनगढीस्थित बि पोलिरेक्निक इन्ष्टिच्युटको क्वारेन्टाइन रहेका महिला तथा बालबालिकाहरूलाई उक्त सामग्री वितरण गरिएको क्लबका अध्यक्ष हरिशंकर ठाकुरले बताए।
उक्त इन्ष्टिच्युट नि:शुल्क रूपमा क्वारेन्टाइनका लागी उपलब्ध गराउने हिरा भण्डारीले सहयोग प्रति क्लबलाई धन्यवाद दिएकी छन्।
" /> कैलाली। रोटरी क्लब अफ धनगढीले क्वारेन्टाइनमा बसेका महिला तथा बालबालिकाहरूलाई विभिन्न सामग्री सहयोग गरेको छ।क्लबका महिला सदस्यहरूले क्वारेन्टाइनमा बसेका महिलाका लागि सेनिटरी प्याड, अन्डरवेयर, साबुन सेम्फु लगायतका सरसफाइ सामग्री सहयोग गरेका हुन्।

">